ad ad

समाज


अमेरिकामा फेरि गोली चल्यो, चार जनाको मृत्यु

अमेरिकामा फेरि गोली चल्यो, चार जनाको मृत्यु

नेपालखबर
मंसिर २, २०७६ सोमबार ८:४६,

लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन्।

स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ। घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए।

उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिए ।

प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

यससँगै क्यालिफोर्नियामा वितेको चार दिनमा लगातार ३ गोलीकाण्डका घटना घटेका छन्।

गत बिहीबार क्यालिफोर्नियाको एक विद्यालयमा आन्धाधुन्ध गोली प्रहार हुँदा २ जनाको मृत्यु भएको थियो भने शनिबार बिहान पनि एक व्यक्तिले आफ्नै ३ छोराछोरी र श्रीमतीमाथि गोली प्रहार गर्दै आत्महत्या गरेका थिए। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .