भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ।
‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बागबजार हुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो। पदयात्रामा सहभागी भएकाहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो,’ ‘तत्काल सीमा अतिक्रमण बन्द गर’ लगायतका नाराबाजी गर्दै भारतको चर्को विरोध गरेका थिए।
उनीहरुले पदयात्राका क्रममा नेपालको एक इन्च भूमि पनि नछाड्ने चेतावनीसहितको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए। यसै गरी आइतबार स्रष्टाहरुले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै काठमाडौंमा प्रर्दशन गरेका थिए।
3
Shares
प्रतिक्रिया