ad ad

कारोबार


बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

नेपालखबर
मंसिर १, २०७६ आइतबार १३:२२,

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनी मध्येमै सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई सम्मान गरिएको छ। आन्तरिक राजस्व विभागले कम्पनीलाई कदरस्वरुप आइतबार सम्मान गरेको हो।

आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झालाई सम्मानपत्र प्रदान गरे।

सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बीमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा विभागप्रति कृतज्ञता व्यक्त गरे। प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु-याउन हौसला मिलेको छ।’

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा रू. ९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेको छ। १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन्। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .