त्यस काठले उनको फोक्सोमा ठूलो घाउ बनायो। मुटुको स्थान केही पर सर्यो। केही हड्डीहरु भाँच्चिए। यद्यपी उनको ज्यान भने जोगियो।
दुर्घटनाबाट उनको कलेजोमा चोट लागेको पनि जनाइएको छ। दुर्घटनामा परेका व्यक्ति हुन् २३ वर्षका रिचार्डसन्।
डेली मेलका अनुसार उनी साथीको कारमा चढेका थिए। कार तिव्र गतिमा थियो। अनियन्त्रित भएको कार पल्टिदा कार वर्किङटनमा दुर्घटनामा परेको थियो।
दुर्घटना भएपछि प्यासेन्जर सिटमा उनी कारसँगै बार भएको ठाउँमा पुगेका थिए। बार भाँच्चिएर काठको अंश उनको छातीमा पसेको थियो।
मुटुमा ठूलो असर नपरेकाले उनको ज्यान जोगिएको जनाइएको छ।
3
Shares
प्रतिक्रिया