ad ad

समाज


जंगी अड्डामा नवनियुक्त रक्षा सचिवको स्वागत

जंगी अड्डामा नवनियुक्त रक्षा सचिवको स्वागत

नेपालखबर
माघ १०, २०७८ सोमबार १५:५४, काठमाडौँ

रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाले सोमबार जंगी अड्‍डामा स्वागत गरेको छ।

जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशन गतिविधि, कल्याणकारी कार्य लगायत विषयमा जानकारी गराइयो।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृत लगायत उपस्थित थिए।

कार्यक्रम पूर्व उनले प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट समेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .