ad ad

समाज


इरानमा भेटियो विशाल तेल भण्डार

इरानमा भेटियो विशाल तेल भण्डार

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १२:३४,

यो ६५ अर्ब ब्यारेल भएको इरानको अहवाज तेल क्षेत्रपछि दोस्रो ठूलो भण्डार हुने जनाइएको छ।

इरानका राष्ट्रपति हसन रुहानीले तेलको नयाँ भण्डार फेला परेको जानकारी दिएका हुन्। चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो सुखद् खबर भएको जनाइएको छ।

हाल अमेरिका र इरानबीच युरेनियम प्रशोधनको विषयलाई लिएर टकराब जारी छ। अमेरिकाले इरानमाथि विभिन्न आर्थिक प्रतिबन्धहरु लगाएको छ।

यस घोषणासँगै रुहानीले अमेरिकामाथि कडा टिप्पणी गरेका छन्। रुहानीले भनेका छन्,‘हामीहरु अमेरिकालाई भन्न चाहन्छौं कि हामी एक धनी देश हौं। अमेरिकाको कठोर प्रतिबन्धका बाबजुद इरानको तेल उद्योगमा काम गर्ने र इन्जिनियरहरुले नयाँ तेल क्षेत्र पत्ता लगाएका छन्।’

 नयाँ भेटिएको तेल भण्डार दक्षिण–पश्चिम इरानको २ हजार ४ सय किलोमिटर क्षेत्रमा फैलिएको छ। इरानका राष्ट्रपति रुहानीका अनुसार, यो क्षेत्र खुजेस्तान प्रान्तमा पर्छ।

इरानसँग कुल प्रमाणित तेल भण्डार १५५.६ अर्ब ब्यारेल छ। नयाँ भण्डार पत्ता लागेपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशतले वृद्धि भएको छ।

इरान विश्वको चौथो धेरै तेल भण्डार भएको र दोस्रो धेरै ग्यास भण्डार भएको देश हो। नयाँ तेल भण्डार फेला परेपछि इरान विश्वमै तेस्रो धेरै तेल भण्डार भएको देश बन्ने राष्ट्रपति रुहानीले बताएका छन्। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .