रेल ठोक्किएर भएको दुर्घटनामा १६ जना यात्रुको मृत्यु भएको बंगलादेशी संचारमाध्यमले जनाएका छन्।
मंगलबार स्थानीय समयअनुसार बिहान ३ बजे दुर्घटना भएको हो।
दुर्घटना राजधानी ढाकादेखि सय किलोमिटर पूर्व ब्रमानबारिया जिल्लामा भएको हो।
एक रेल देशको पूर्वी भाग सिल्हेटबाट आएको थियो भने अर्को चितगोङबाट ढाका जाँदै थियो।
कमजोर रेल ट्र्याक प्रणाली तथा कमजोर सिग्नलको कारण दुर्घटना भएको जनाइएको छ। एजेन्सी
प्रतिक्रिया