भक्तपुरको हनुमानघाटमा सोमबारदेखि स्वस्थानी ब्रत, माग स्नान र माधव नारायण सुरु भएको छ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने यी पर्वका अवसरमा ब्रतालुहरुले हनुमान घाटमा स्नान गरेका छन्।
साँखुस्थित शाली नदीमा झैँ यहाँ पनि एक महिना माघ स्नान र स्वस्थानी व्रत मेला लाग्छ। तर यस पटक यहाँ ब्रतालुहरुले विधि मात्रै फुकाएका छन्। मेला भने लागेन।
यहाँका ब्रतालुहरुले प्रत्येक दिन बिहान हनुमन्ते खोलामा स्नान गरेर माधवनारायणको पूजा गर्छन्।
स्वस्थानी ब्रत र माधवनारायण पर्व धार्मिक व्रत, पवित्र स्नान र अनुष्ठानमा समर्पित एक महिना लामो चाड हो।
भगवान शिवको पूजा आराधना गरी भक्तजनहरूले एक महिनासम्म चल्ने व्रतको शुरू गर्दै सुख-समृद्धि र समृद्धिको कामना गरेका छन्।
33
Shares
प्रतिक्रिया