जनकपुरबाट ९ किलो ७६७ ग्राम चाँदीका अवैध गरगहनासहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका ५ शिवालय टोल बस्ने ३० वर्षीय धनवीर कुमार खाती रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनलाई मंगलबार अपराह्न साढे ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ५ स्थितबाट पक्राउ गरिएको हो।
प्रदेश नं. १–०२–०४५ प. ८२७ नं. को २२० को मोटरसाइकलमा सवार खातीलाई चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाबाट चाँदीको गरगहना बरामद भएको हो।
उनको साथबाट चाँदीका गरगहनाहरु ब्रास्लेट नगदार १८४ थान, बलिया २५ थान, लौकेट नगदार ८५ थान, लेडिज औठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट र नगद १ लाख १२ हजार ६ सय नेपाली रुपैयाँ बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
९ किलो ७६७ ग्राम चाँदीको मूल्य ७ लाख ८३ हजार २९८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
उनको साथबाट बरामद भएको चाँदीको गरगहना, मोटरसाइकल र नगद सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जनाएको छ।
Shares
प्रतिक्रिया