६० किलो गाँजा र विभिन्न देशका मुद्रासहित बाराबाट एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ बस्ने २१ वर्षीय प्रेमलाल लामा रहेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।
लामालाई बाराको गढी गाउँपालिका वडा नं. ७ बस्ने जोखु चौधरीको घरमा लुकाई राखेको ६० किलो गाँजासहित पक्राउ गरिएको हो। उनका साथबाट मोटरसाइकल र विदेशी मुद्रासमेत बरामद भएको छ।
डीआईजी मगरका अनुसार लामाको साथबाट मोबाइल र पावर बैँक १/१ थान तथा ३९ हजार नेपाली रुपैयाँसहित जोर्डन, श्रीलंका, सोमालिया, हङकङ र भारतीय मुद्रा फेला परेको छ।
लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
183
Shares
प्रतिक्रिया