मनाङको हिमपातमा परेर हराइरहेका आजुङ लाटा गुरुङ मृत अवस्थामा फेला परेका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार पुस १४ गते मनाङको नासो गाउँपालिका ४, वडारमा बस्ने गुरुङ तपकी भन्ने ठाउँमा रहेको भेंडीगोठबाट फर्कने क्रममा दफाडीको जंगलमा हराएका थिए।
हिमपातमा हराएका उनको खोजीमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ८ बजेतिर उनको शव नासो गाँउपालिका ४, फ्लेमरो जंगलको रउ भीरमा हिउँले पुरिएको अवस्थामा फेला पारेको हो।
156
Shares
प्रतिक्रिया