रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।
चन्द्रपुर–गौर सडक खण्डमा जन्ती बोकेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा चार जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
मृत्यु हुने सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
मृतक तीन जनाको शव पोस्टमार्टमको लागि ग्रान्डी अस्तालमा र एक जनाको हेल्थ लाइन अस्पताल गरुडामा राखिएको छ।
गाडीमा सात जना सवार थिए। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
51
Shares
प्रतिक्रिया