ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सम्पदा सम्मेलन गर्ने योजना तय गरिएको जानकारी दिए।
सिटीनेट नामक महानगरपालिकाहरुको अन्तर्राष्ट्रिय स्तरको नेटवर्कको कार्यकारी सदस्य समेत रहेको ललितपुर महानगरपालिकाको संयोजनमा ३८ औं कार्यकारी समितिको मिटिङ पनि सुरु भएको छ। बैठकमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भईरहेको पनि मेयर महर्जनले जानकारी दिए।
ललितपुर महानगरपालिका सो नेटवर्कको कार्य समितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो।
प्रतिक्रिया