प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट संरक्षित बन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–९ बस्ने वर्ष २४ को सरोज लम्साल र रामेछापको दोरम्बा गाँउपालिका–५ बस्ने वर्ष २५ को सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट एक छान छाला बरामद भएको छ। पक्राउ परेकालाई आवश्यक कारवाहीको डिभिजन वन कार्यालय हात्तीसार पठाईको छ। उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बिरुद्दको अपराध अन्तर्गत अनुसन्धान सुरु गरिएको छ।
3
Shares
प्रतिक्रिया