ललितपुरस्थित बि एण्ड बि अस्पताल नजिक मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री गम्भीर घाइते भएकी छन्।
प्रदेश न.३–०२–००८ प ५१९९ नंको मोटरसाइकलले पैदल यात्री ललितपुरको प्युटार घर भई हाल ग्वार्को बस्ने वर्ष २३ कि अंशु सिलवाललाई ठक्कर दिएको हो।
घाइते सिलवालको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ। उनको बायाँ हात फ्याक्चर भएको, शरीरको भित्री भागमा नदेखिने चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। बाइक चालक प्रहरी नियन्त्रणमा रहेका छन्।
6
Shares
प्रतिक्रिया