काठ तस्करहरुले पाउलो पलिन्हो ग्वाजाजराको शिरमा गोली हानेको बीबीसीले जनाएको छ। आक्रमणमा अर्का एक आदिवासी घाइते भएका छन्।
शुक्रबार पानीको खोजीमा निस्किएका दुई आदिवासी वन संरक्षणकर्तामाथि मरान्हाओ राज्यस्थित अरारिबोया आरक्षण केन्द्रमा ५ तस्करहरुले गोली हानेका थिए।
अमेजन जंगललाई वर्षावन पनि भन्ने गरिन्छ। हालैका दिनमा आगलागी र काठ तस्करका कारण त्यहाँको वन पातलिँदै गएको छ।
ब्राजिलमा भएका आदिवासीले त्यहाँको बन संरक्षणमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्।
ब्राजिल सरकारले उक्त कार्य भयानक अपराध भएको प्रतिक्रिया जनाउँदै अपराधी पहिचान गरि कारवाही गरिने बताएको छ।
प्रतिक्रिया