ललितपुरको ज्वागलमा एक युवतीको शव फेला परेको छ।
सर्लाहीको बागमती नगरपालिका घर भइ ललितपुरमा डेरा गरी बस्दै आएकी २२ वर्षीया रेखा साहको शव फेला परेको हो।
घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको ललितपुरका प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिए।
रेखा आफ्ना पतिसहित डेरामा बस्दै आएकी थिइन्। उनको मृत्युलाई आफन्तले शंकास्पद मानेका छन्। माइती पक्षले रेखाको हत्या भएको आरोप लगाएका छन्।
दाइजो कम ल्याएको भन्दै परिवारका सदस्यले रेखालाई यातना दिँदै आएका माइती पक्षको आरोप छ। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।
रेखाको हत्या हो कि आत्महत्या पोष्टमार्टमपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ।
9
Shares
प्रतिक्रिया