ad ad

समाज


सल्यानमा यात्रुबस दुर्घटना, ज्यान गुमाउनेको संख्या नौ पुग्यो (अपडेट)

सल्यानमा यात्रुबस दुर्घटना, ज्यान गुमाउनेको संख्या नौ पुग्यो (अपडेट)

दुर्घटनामा परेको यात्रु बस


नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १४:३८, काठमाडौँ

सल्यानमा आइतवार दिउँसो यात्रु बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर गइरहेको रा १ ख २५५२ नम्बरको बस आइतबार दिउँसो कपुरकोट गाउँपालिका-५ थारखोलामा दुर्घटना भएको थियो।

सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा घटनास्थलमै ५ जनाको ज्यान गएको हो।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता डीएसपी माधव श्रेष्ठका अनुसार दुर्घटनापछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी पनि पुगिसकेको श्रेष्ठले जानकारी दिएका छन्। 

मृतकको सनाखत हुन बाँकी छ।  घाइतेहरूलाई उपचार गर्न काठमाडौं लगिने प्रहरीले जनाएको छ।

उक्त बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

बसमा ३० जना सवार रहेका थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .