ad ad

समाज


मलामी गएका युवक कालिगण्डकीमा डुबेर बेपत्ता

मलामी गएका युवक कालिगण्डकीमा डुबेर बेपत्ता

सांकेतिक तस्बिर


सुदीप भण्डारी
कात्तिक १४, २०७८ आइतबार २०:३८, काठमाडौँ

कालीगण्डकी नदीमा गुल्मीका एक युवा वेपत्ता भएका छन्।

मलामी गएका बेला नुहाउने क्रममा जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ का १९ वर्षीय शंकर पौडेल डुबेर बेपत्ता भएका हुन्।

चन्द्रकोट ८ का थानेश्वर न्यौपानेको मलामी गएको अवस्थामा आइतबार अपरान्ह सत्यवती गाउँपालिकाको रुद्रबेणी स्थित कालीगण्डकीमा डुबेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईले जानकारी दिए।

प्रहरीले पौडेलको खोजी कार्य गरिरहेको छ। खोला केही धमिलो र गहिरो भएका कारण खोजी कार्यमा पनि समस्या परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .