यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीमा यसवर्ष तीन दिन विजयउत्सव मनाइने भएको छ। कात्तिक २४ गते कमलामाई नगरपालिकाले विजयउत्सव भव्यरुपमा मनाउने भएको हो।
विक्रम संवत् १८२४ मा अंग्रेजलाई हराएर ब्रिटिस साम्राज्यको पञ्जामा पर्नबाट वीर नेपालीले वीरतापूर्वक परास्त गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजयउत्सव मनाउने गरेका छन्। यो परम्परा २०६७ सालदेखि नेपाल पत्रकार महासंघ सिन्धुलीले मनाउन शुरु गरेको थियो।
कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले भव्यरुपमा मनाइने विजय उत्सवमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास गर्ने, नेपाली सेनाले निर्माण गर्न लागेको युद्ध संग्राहलयको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताए।
नगर प्रमुख खत्रीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी सिन्धुलीका धार्मिक तथा ऐतिहासिक स्थानको व्यापक प्रचारप्रसार गर्ने जानकारी दिए।रासस
Shares
प्रतिक्रिया