ad ad

समाज


भैरहवा विमानस्थलमा राखियो २ अर्ब रुपैयाँको बुद्ध मूर्ति

भैरहवा विमानस्थलमा राखियो २ अर्ब रुपैयाँको बुद्ध मूर्ति

सुदीप भण्डारी
कात्तिक ६, २०७८ शनिबार १७:२३, काठमाडौँ

नेपाल भित्र्याइएको साढे २ अर्बको बुद्ध मूर्तिलाई बिहीबार लुम्बिनी र आसपासका ठाउँ परिक्रमापछि शनिबार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ।

उक्त मूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा म्यानमारको माल्वीन ग्रुपले भिक्षु कालिगडद्वारा तयार गरिएको हो। 

एक हजार ८०० किलो तौल भएको बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ। 

बहुमूल्य जेड स्टोन धातुको बुद्ध मूर्ति म्यानमारबाट हङकङ हुँदै भारतको कोलकत्ता बन्दरगाहबाट भैरहवा ल्याइएको हो। शनिवार सिद्धार्थ उद्योग बाणिज्य संघ र लुम्बिनी होटल संघले बुद्ध मूर्तिलाई स्वागत तथा परिक्रमा गराएको हो। 

भन्सार कार्यालय बेलहियाबाट मूर्तिलाई भैरहवाको बुद्ध चोक ल्याई लुम्बिनी पुर्याइएको थियो। लुम्बिनीबाट ल्याएर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा राखिएको छ। 

बुद्ध मुर्ति नगर परिक्रमा तथा स्वागत कार्यक्रममा संविधान सभा सदस्य इश्तियाक अहमद खान, लुम्बिनी प्रदेशका पूर्वमन्त्री सन्तोषकुमार पाण्डेय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय लगायतले बुद्ध मूर्ति राख्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकले शान्तिको अनुभुति गर्ने बताए। 

विमानस्थलमा राखिने बुद्ध मूर्तिको कार्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेसनले जनाएको छ। फाउण्डेशनको मुख्य कार्यालय स्पेनमा रहेको छ। 

अनावरण कार्यक्रम अघि २४ सदस्यीय स्पेनिस टोली लुम्बिनी आउने फाउन्डेसनका नेपाल प्रतिनिधि तुल्सीराम लामिछानेले बताए। 

‘त्यहाँका सभामुख, प्रदेशका पर्यटनमन्त्री सहित उच्च अधिकारीहरु ११ गते लुम्बिनी आउनुहुन्छ। १२ गते लुम्बिनी आउनुहुन्छ।’ उनले भने। 

स्पेनिस टोली यहाँ रहँदा सिद्धार्थ उद्योग वाणिज्य संघ र स्पेनको व्यवसायीक संस्था, कपिलबस्तुको ४ वटा बुद्धसँग सम्बन्धित पालिका र स्पेनको नगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने छ। १३ गते मायादेवी मन्दिरमा पूजाअर्चना गरेपछि स्पेनिस टोली १४ गतेको बुद्ध मूर्ति अनावरण समारोहमा सहभागी भएर फर्कने छ। 

लुम्बिनीको प्रचारप्रसार गर्ने बुद्धको सन्देश फैलाउने, नेपालको पर्यटन विकासमा अन्तराष्ट्रिय सहयोग प्राप्त गर्ने उदेश्यले फाउण्डेसनले १६ वटा देशमा बहुमूल्य धातुका बुद्ध मूर्ति स्थापना गर्ने लक्ष्य राखेको लामिछानेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .