ad ad

समाज


कपिलवस्तुमा खाेलाले बगाएर महिलाकाे मृत्यु, बालिका बेपत्ता

कपिलवस्तुमा खाेलाले बगाएर महिलाकाे मृत्यु, बालिका बेपत्ता

सांकेतिक तस्बिर


सुदीप भण्डारी
कात्तिक ३, २०७८ बुधबार १९:१२, काठमाडौँ

कपिलवस्तुमा एक बालिकासहित २ जनालाई खोलाले बगाएको छ।

जिल्लाको बुद्धभूमि नगरपालिका– १० स्थित बिजगौरी खोलाले उनीहरुलाई बगाएको हो। आज दिउँसो २ बजे खोला तर्ने क्रममा बुद्धभूमि १० ढडीहवाकी ३२ वर्षीया सीता थारु र १२ वर्षीया सिर्जना थारुलाई बगाएको कपिलबस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए। 

सीताको शव साँझ ५ बजे सय मिटर दक्षिण तर्फ भेटिएको थियो। सिर्जनाको अवस्था साँझसम्म पनि अज्ञात छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थलमा पुगेर बेपत्ता बालिकाको खोजी कार्य गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .