ad ad

समाज


रातको समय जिप खोलाले बगाएपछि ५ यात्रुले हाम फाले

रातको समय जिप खोलाले बगाएपछि ५ यात्रुले हाम फाले

बाढीले बगाएकाे जिप।


सुदीप भण्डारी
कात्तिक ३, २०७८ बुधबार १०:५६, काठमाडौँ

दाङमा खोलाले जिप बगाए पनि त्यसमा रहेका ५ यात्रु बाँच्न सफल भएका छन्।  

दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राति ११ बजेतिर बा १७ च ५३४४ नम्बरको जिप गढवा गाउँपालिका वडा नम्ब २ महदेवास्थित खौरा खोलाले बगाएको हो। तर त्यसमा सवार पाँच जनाले हाम फालेर ज्यान जोगाएका हुन्। 

जिप गढवाबाट पोखरातर्फ जाँदै थियो। जिप बाढीले बगाएपछि यात्रुहरू सकुशल निस्किन सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी लिए। 

गाडी केही तल भेटिएकाे र क्षति पुगेको पाइएकाे उनले बताए। 

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत नर्ती र लमहीको बीचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा १ प १३३८ नम्बरको बस दुर्घटना भएको छ। 

बस चिप्लिएर सडक किनारामा पल्टिएको हो। 

बसमा चालक र सहचालक मात्रै थिए। यात्रु लिन जाँदै गर्दा बस दुर्घटनामा परेको हो। उनीहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .