हिजो (मंगलबार) भाइटीका नलगाएका नेवार समुदायले आज (बुधबार) लगाउँदै छन्।
यस वर्ष आज बिहान पनि केही समय द्वितिया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउन लागेका हुन्।
मंगलबार नयाँ वर्ष नेपाल संवत् ११४० सुरु भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरूले बताएका छन्।
मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन्।
सोही कारण सरकारले यस वर्ष कात्तिक १० देखि आज (१३गते) सम्म सार्वजनिक बिदा दिएको छ।
कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबारै किजा पूजा मनाएका छन्।
3
Shares
प्रतिक्रिया