आज (बुधबार) केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अजा दिउँसो देशका देशका पश्चिमी क्षेत्र तथा मध्य र पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यतिबेला (बुधबार बिहान) देशका पश्चिमी र मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म तथा पूर्वी भेगमा आंशिक बदली छ।
यसैगरी दिउँसो पनि देशका पश्चिमी र मध्य क्षेत्र तथा पूर्वका पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म र बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।
‘आज हल्काफुल्का पानी पर्ने सम्भावना पनि छ,’ नेपालखबरसँग उनले भनिन्, ‘देशका पश्चिमी क्षेत्र तथा विशेषगरी मध्य र पूर्वी पहाडका एक/दुई स्थानमा।’
मौसमविद् बासीका अनुसार पश्चिमी वायुको प्रभाव तथा अरब सागरको उत्तर(पूर्वी भागमा ‘क्यार’ नाम दिइएएको चक्रवातको आंशिक प्रभावले अहिले नेपालमा मौसम भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाले भनेको छ : अरब सागरको उत्तर-पूर्वी भागमा ‘क्यार’ नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर-पश्चिमी दिशा (ओमन) तर्फ बढिरहेको देखिन्छ। यस प्रणालीको खासै ठूलो प्रभाव नेपालमा परेको छैन।
काठमाडौंमा पूर्ण बदली, हल्का वर्षाको सम्भावना
मौसमविद् मञ्जु बासीका अनुसार अहिले (बुधबार बिहान) काठमाडौं उपत्यकामा मौसम पूर्ण बदली छ। साथै आज दिउँसोतिर हल्का वर्षाको पनि सम्भावना रहेको उनले बताइन्।
‘वर्षाको सम्भावना न्यून छ,’ उनले भनिन्, ‘तर हल्का वर्षा हुन सक्छ।’
प्रतिक्रिया