कैलालीको धनगढी उपमहानगरपालिका-७ मा एक युवाको हत्या भएको छ।
करिब २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ। हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।
कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो। घटना अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेपछि प्रहरीले पत्नीसहितलार्य पक्राउ गरेको हो।
चौधरी शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका थिए। रातभर उनी घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। चौधरी र पत्नीबीच राम्रो सम्बन्ध नरहेको स्थानीयले बताएका छन्। उनीहरुका तीन वर्षीय छोरा छन्।
चौधरीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ।
Shares
प्रतिक्रिया