फेसबुकले सार्वजनिक हितलाई भन्दा नाफालाई प्राथमिकता दिएको एक पूर्व कर्मचारीले बताएकी छन्।
फ्रान्सेस हाउगेनले फेसबुकका आन्तरिक दस्तावेजहरु अमेरिकी अधिकारीहरु र पत्रकारहरुलाई उपलब्ध गराएकी थिइन्।
फेसबुकले घृणा, हिंसा र गलत सूचनाविरुद्धको कदममा प्रगति गरेको भन्दै झुटो बोलेको उनको आरोप छ।
‘फेसबुकमा मैले बारम्बार देखेको कुरा के हो भने जनताको हित र फेसबुकको हितबीच द्वन्द्व छ,’ उनले भनेकी छन्, ‘र, फेसबुकले थप पैसा कमाउनेजस्ता आफ्नो हितलाई रोजेको मैले देखेकी छु।’
‘आज फेसबुकले हाम्रो समाजलाई विभाजित गरिरहेको छ, विश्वभर जातीय हिंसा जन्माइरहेको छ,’ उनले भनिन्।
उनी फेसबुकमा प्रोडक्ट म्यानेजर थिइन्। गार्डियन
15
Shares
प्रतिक्रिया