सप्तरीमा पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक पर्साको जिराभवानी गाउँपालिका–३ का ३७ वर्षीय शिवशक्ती चौधरीको मृत्यु भएको हो।
सोमबार मध्यराति पूवपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका ६ विरपुरमा पूर्वबाट आउँदै गरेको बा १४ च ६२७९ नम्बको हात्ती पिकअप र विपरीत दिशा तर्फबाट जाँदै गरेको ना ३७ प ३८९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक चौधरीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
24
Shares
प्रतिक्रिया