किमले उत्तर कोरियामा रहेको होटलहरु जुन दक्षिण कोरियाले निर्माण गरिदिएका थिए ती सबै होटलहरु भत्काउन आदेश दिएको बीबीसीले जनाएको छ।
उत्तर कोरियाका पर्यटकीय स्थलहरुमा निर्माण भएका होटलहरु प्राय दक्षिण कोरियाको कम्पनीले निर्माण गरेका छन्।
माउट कुमगाङमा रहेको एक होटललाई किमले ‘प्रकोप प्रभावित क्षेत्रको अस्थायी पालहरु’ भएको संज्ञा दिएका छन्। उक्त कम्प्लेक्स दक्षिण कोरियाले निर्माण गरेको थियो।
उत्तर कोरियाले हालैका दिनमा आत्मनिर्भरताको कार्यक्रम ल्याएको छ। सोही योजनाअनुसार किमले दक्षिणले निर्माण गरिदिएको होटल भत्काउन लगाएको अनुमान गरिएको छ।
प्रतिक्रिया