ad ad

समाज


चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १०:३३,

चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन्।

घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए।

घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .