जनकपुरधाम । स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. रामकेबल साह, शिक्षाध्यक्ष डा. अंकुर साह र रजिस्ट्रार डा. विनोदकुमार यादवको नियुक्ति उच्च अदालतले खारेज गर्न आदेश दिएको हो।
प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति कानुनसम्मत नभएको भन्दै तलब सुविधामा समेत रोक लगाउने गरी नियुक्ति खारेज गर्न उच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको हो।
प्रतिष्ठानका पदाधिकारीको नियुक्ति गैरकानुनी रहेको भन्दै देवानन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दर्ता गराएका थिए। सो रिटउपर सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले अन्तरिम आदेश दिएको हो।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तिहरु कानुनसम्मत नरहेको अदालतले ठहर गर्दै विनियम र कार्यविधि नबनुञ्जेलसम्म उनीहरुको नियुक्ति कार्यान्वयन नगर्न आदेशमा भनेको छ।
प्रदेश सरकारले मधेश विज्ञान प्रतिष्ठानसम्बन्धी बनेको ऐनअनुसार गएको माघ १८ गते प्रतिष्ठानको स्थापना गर्दै तीनै जनालाई नियुक्ति दिएको थियो।
याे पनि
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह नियुक्त
Shares
प्रतिक्रिया