बाराको कलैया उपमहानगरपालिकामा एक दलित महिला जनप्रतिनिधिलाई मध्यरातमा घरबाट उठाएर लगि खम्बामा बाँधेर कुटपिट भएको छ।
कलैया उपमहानगरपालिका वडा नं.२७ कि दलित महिला सदस्य तारा देवी पासवानलाई बुधबार मध्यराति खम्बामा बाँधेर कपडा च्यात च्युत गरी कुटपिट भएको हो।
एकजनाको बुहारी अर्कै केटासँग भगाउन सघाएको आरोपमा स्थानीय ४५ वर्षीय जोगिन्द्र साह नेतृत्वको समूहले जनप्रतिनिधि पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट पासवान घाइते भएकी छन्। कुटपिटको क्रममा उनको लुगासमेत च्यात च्युत पारिएको छ।
बाँधेर कुटपिट गरिरहेको खबर प्रहरीलाई हुनासाथ राति करिब साढे ११ बजे पुगेर पासवानको उद्धार गरि कलैया हस्पिटल पुर्याएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए।
उनका अनुसार प्रहरी पुग्नासाथ कुटपिट गर्नेहरु भागेका थिए। कुटपिट गर्नेको नेतृत्व गर्ने जोगिन्द्र साहलाई पक्राउ गर्न सफल भएको र अन्यको खोजबिन भैरहेको उनले जानकारी दिएको छ।
कुटपिट गर्ने साह लगायत ८ जनाविरुद्ध शुक्रबार सामाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार मुद्दा दर्ता भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए।
Shares
प्रतिक्रिया