ad ad

समाज


श्याम श्रेष्ठ भन्छन् : अब धरहरा उल्ट्याए भयो, रानीपोखरी पनि भत्काए भयो

श्याम श्रेष्ठ भन्छन् : अब धरहरा उल्ट्याए भयो, रानीपोखरी पनि भत्काए भयो

नेपालखबर
साउन २०, २०७८ बुधबार १४:१७, काठमाडौँ

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग नै खारेज गरिदिएपछि सत्ता पक्षमै आक्रोश बढेको छ। सत्ता पक्षीय वाम बुद्धिजीवी एवम् राजनीतिक विश्लेषक श्याम श्रेष्ठले पनि भूमिसम्बन्धी समाधान आयोगलाई खारेज गरिदिएर शेरबहादुर देउवा नेतृत्वको सरकारले गलत कार्य गरेको बताएका छन्। 

उनले भूमिहीन, गरिब, सुकुम्बासी र तल्लो वर्गका जनताको जनजीवनसँग जोडिएको आयोग खारेज नै गरिनु एकदमै गलत कदम भएको बताएका हुन्। 

'भूमिसम्बन्धी आयोगलाई देउवा सरकारले खारेज गरेर नितान्त गलत कार्य गरेको छ', उनले भनेका छन्, 'यो भूमिहीन, गरिब, सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसँग जोडिएको आयोग थियो। यसमा बेठीक मानिस परेका छन् भने तिनलाई पो हटाउने हो त।'

श्रेष्ठले अघिल्ला सरकारले गरेका हरेक निर्णय उल्ट्याउने सोच र संस्कृतिबाट यो सरकार मुक्त हुनुपर्ने पनि बताएका छन्। 'अघिल्लो सरकारले गरेको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुन आवश्यक छ', उनले थप भनेका छन्, 'राम्रा कुरालाई  त जसले थाले पनि निरन्तरता दिइनुपर्छ।'

उनले यदि अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले जनविरोधी र देशघाती निर्णय गरेको भए उल्ट्याउँदा जायज हुने बताए। 'जनविरोधी-देशघाती कुरा मात्र उल्ट्याउने हो', उनले अगाडि भनेका छन्, 'नत्र त धरहरा पनि उल्टाए भयो। रानी पोखरी पनि भताभूंग पारे भयो।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .