ad ad

समाज


आइएसद्वारा मलामी गएका आठ व्यक्तिको हत्या

आइएसद्वारा मलामी गएका आठ व्यक्तिको हत्या

(फाइल तस्बिर)


नेपालखबर
साउन १६, २०७८ शनिबार १४:०, काठमाडौँ

इराकको राजधानी बग्दाददेखि उत्तरी क्षेत्रमा पर्ने ठाउँमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन्।

इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए। आइएसको उक्त आक्रमणबाट कम्तिमा आठ जनाको मृत्यु भएको बताइएको छ।  

सो आक्रमणमा परेर अन्य १० जना गम्भीर घाइते भएका छन्। बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पुर्‍याइएको छ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए।

उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .