भारतका उद्योगपति तथा चर्चित नायिका सिल्पा सेट्टीका श्रीमान राज कुन्द्रलाई जुलाई २३ अर्थात् यसहप्ताको शुक्रबारसम्म प्रहरी हिरासतमा राखिने भएको छ।
सोमबार राति कुन्द्रलाई पोर्न भिडिओहरु बनाएको आरोपमा पक्राउ गरिएको थियो। मुम्बई प्रहरीका अनुसार कुन्द्रा यस्ता अवैध गतिविधिमा लागेको प्रमाणहरु प्रसस्त छन्।
मंगलबार कुन्द्रासँगै उनका सहयोगी रायन थार्पलाई पनि मुम्बईको अदालतमा उपस्थित गराइएको थियो।
रायनलाई मंगलबार मात्र गिरफ्तार गरिएको बताइएको छ। मुम्बईको अपराध नियन्त्रण शाखाका अनुसार सोमबार राति कुन्द्रासहित ११ गिरफ्तार भएका थिए। बीबीसी
408
Shares
प्रतिक्रिया