ad ad

समाज


खातामा रकम नभएको चेक दिएर लाखौं ठगी गर्ने दुई जना पक्राउ

खातामा रकम नभएको चेक दिएर लाखौं ठगी गर्ने दुई जना पक्राउ

नेपालखबर
साउन ४, २०७८ सोमबार १७:४४,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका दुई जनालाई पक्राउ गरेको छ।                                         

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–२ का ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका–२३ का ६३ वर्षीय देवनारायण महर्जन रहेका छन्।

उच्च अदालत पाटनले दुवै अभियुक्तलाई बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा १५/१५ लाख रुपैयाँ जरिवाना गरेको थियो।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले फरार रहेका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाएको छ।

प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरूलाई झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न रकमका चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .