ad ad

समाज


यी तीन कारण डेल्टा भेरिएन्ट हुनसक्छ घातक

यी तीन कारण डेल्टा भेरिएन्ट हुनसक्छ घातक

नेपालखबर
असार १९, २०७८ शनिबार १६:४४,

कोरोना भाइरसको नयाँ प्रकार डेल्टा भेरिएन्ट पुरानो कोरोनाभन्दा घातक मानिएको छ। भारतमा आतंक मच्चाइरहेको डेल्टा भेरिएन्ट नेपालमा पनि भित्रिसकेको छ। 

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भेरिएन्ट यी तीन कारण घातक हुन सक्ने चेतावनी दिएको छ। 

१. मास्क नलगाउँदा 
विश्व स्वास्थ्य संगठनले भनिसकेको छ– आगामी महिनामा डेल्टा भेरिएन्ट विश्वभरकै लागि निकै खतरनाक बन्न सक्छ। यसकारण यसबाट बच्न राम्रो मास्क राम्रोसँग लगाउन अति आवश्यक छ। यसो गर्दा हामी यसको संक्रमणबाट बच्न सक्छौं। मास्क लगाउँदा आफू त भाइरसबाट बच्छौं नै, आफूमा संक्रमण छ भने खोप नलगाएका मानिस पनि बच्न सक्छन्। 

२. कोरोनाविरुद्ध सुरक्षा मापदण्ड खुकुलो बनाउँदा
हालै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानम घेब्रेएससले भनेका छन्, ‘केही देशले जनस्वास्थ्य मापदण्ड र प्रतिबन्ध खुकुलो पारेका छन्। यसले गर्दा विश्वमा संक्रमण दर बढेको पाइएको छ।’ यसैकारण डब्ल्यूएचओले धार्मिक तथा राजनीतिकलगायत सभा, समारोह, ठूला खेल प्रतियोगिताजस्ता भीडभाडयुक्त गतिविधि नगर्न चेतावनी दिएको छ। 

३. कोरोनाविरुद्ध खोप नलगाउँदा
डब्ल्यूएचओका महाननिर्देशक डा. टेड्रोसले के पनि भनेका छन् भने कोरोना भाइरसका जति पनि नयाँ प्रकार देखापरेका छन्, तीमध्ये डेल्टा भेरिएन्ट सबैभन्दा बढी संक्रामक छ र यो त्यस्ता मानिसमा तीव्र गतिमा फैलिन्छ, जसले खोप लगाएका हुँदैनन्। डब्ल्यूएचओले गत जुन २९ मा ‘कोभिड–१९ विक्ली एपिडेमियोलजिकल अपडेट’ मा ताजा तथ्यांक सार्वजनिक गरेको थियो, जसमा विश्वका धेरैजसो मानिस अझै कोरोनाको अति जोखिममा रहेको देखाइएको थियो। यसकारण खोप सबैले लगाउन जरुरी छ। 

यसकारण उल्लिखित विषयमा ध्यान दिँदै नियम पालना गर्न सबैलाई विशेषज्ञले अनुरोध गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .