ad ad

समाज


भारतमा उत्पादित कोभिसिल्ड खोप लगाउनेले युरोप भ्रमण गर्न नपाउने!

भारतमा उत्पादित कोभिसिल्ड खोप लगाउनेले युरोप भ्रमण गर्न नपाउने!

(काेभिशिल्ड)


नेपालखबर
असार १९, २०७८ शनिबार १६:६,

युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ।

संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ। 

संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो। 

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ। 

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ। 

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .