ad ad

राजनीति


आफूनिकट नेताहरुसँग देउवाले भने : महाधिवेशन समयमै हुन्छ, तयारी गर्नुस्

आफूनिकट नेताहरुसँग देउवाले भने : महाधिवेशन समयमै हुन्छ, तयारी गर्नुस्

नेपालखबर
असार १९, २०७८ शनिबार १५:५६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गरेका छन्। 

देउवाले शनिबार नेताहरुसँग आसन्न महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल गरेका थिए। 

छलफलमा क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत, एनपी साउद लगायत थिए। 
देउवाले क्रियाशील सदस्यताको विवादलाई समयमै टुंग्याउन छानविन समितिलाई निर्देशन दिएका छन्। 

पार्टी समायोजनपछि बाँकी रहेको सदस्यताको विषयलाई छिटो समाधान गर्न देउवाले निर्देशन दिएको भेटमा सहभागी एक नेताले बताए।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले पनि क्रियाशील सदस्यताको विषयलाई समाधान गर्न भनेको थियो। प्रक्रिया पूरा गरेर आएका हरुको क्रियाशील सदस्यता स्वीकृत गर्न बैठकले समितिलाई सुझाव दिएको थियो।

छलफलमा देउवाले तोकिएको समयमा १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी तयारीलाई तीब्रता दिन नेताहरुलाई भनेका थिए।

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

'जुनसुकै अवस्थामा महाधिवेशन गर्नुपर्छ', देउवालाई उदृत गर्दै एक नेताले भने, 'महाधिवेशनको तयारी थाल्नुस्। क्रियाशील सदस्यता वितरणको विवादलाई छिटो समाधान गर्नुस्।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .