सन् २०१८ को मध्यमा चिनियाँ प्रविधि आयातमा अमेरिकाले अतिरिक्त कर लगाएसँगै आयातकर्ताले २०२१ को अन्तिमसम्ममा ३२ अर्ब डलर बराबरको अतिरिक्त शुल्क बुझाएका छन्।
मंगलबार सार्वजनिक गरिएको तथ्यांकले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा लगाइएको अतिरिक्त करको मार अमेरिकी आयातकर्तालाई नै परेको देखाएको हो।
अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन पनि पूर्ववर्ती सरकारले चालेको यो कदम उल्ट्याउने दिशामा भने देखिएका छैनन्।
अमेरिकाको कन्ज्युमर टेक्नोलोजी एसोसिएसनले अतिरिक्त करको व्यवस्थाले चीनमाथिको निर्भरता घटेपछि भियतनाम, ताइवान, दक्षिण कोरिया, मलेसिया र अन्य मुलुकबाट हुने आयात भने बढेको बताएको छ।
अमेरिकी आयातकर्ताले बुझाएको अतिरिक्त ३२ अर्ब डलरमध्ये करिब आधा चीनले उत्पादन गरेको कम्प्युटर र विद्युतीय उत्पादनमा तिरेका थिए।
अहिले बाइडेनको सरकार चिनियाँ सामग्रीमाथिको अतिरिक्त कर हटाउने विषयमा अध्ययन गरिरहेको अवस्थामा यो प्रतिवेदन सार्वजनिक भएको हो। रोयटर्स
Shares
प्रतिक्रिया