ad ad

कारोबार


‘हामीले घरको काँटीमा कोट झुन्ड्यायौँ भनेर पर्यटकलाई पनि काँटी नै राखिदिने?’

‘हामीले घरको काँटीमा कोट झुन्ड्यायौँ भनेर पर्यटकलाई पनि काँटी नै राखिदिने?’

नेपालखबर
साउन ४, २०७९ बुधबार १३:१९, काठमाडौँ

पर्यटन क्षेत्रको पुनरुत्थान गरी कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत बढी हिस्सा पु¥याउन सकिने सरोकारवालाले बताएका छन्। 

हाल ६–७ प्रतिशत मात्रै रहेको अर्थतन्त्रको हिस्सा २० प्रतिशत पु¥याउन सकिने उनीहरुको भनाइ छ। 

उनीहरुले हालको शिथिल पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक र छिमेकी देशलाई लक्षित गर्नुपर्ने बताए। 

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा गरेको कार्यक्रममा सरोकारवालाले पर्यटन क्षेत्रलाई बचाउन आन्तरिक पर्यटनमा ध्यान दिनुपर्ने बताएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिडको समयमा आन्तरिक पर्यटनले सहयोग पुर्याएकाले यसमा ध्यान दिनुपर्ने बताए। मन्त्री श्रेष्ठले छिमेकी देशहरु भारत र चीन लगायतका देशबाट पर्यटक ल्याउन सक्नुपर्ने बताए। 

मन्त्रालयले पर्यटन पुनरुत्थान कसरी गर्ने विषयमा रिपोर्ट तयार पारेको भन्दै केही समयमै सार्वजनिक गरिने बताए। 
 
पर्यटन क्षेत्रले ११ प्रतिशत रोजगारी सिर्जना गर्दा कुल गार्हस्थ्य उत्पादनमा करिब ६–७ प्रतिशत रहेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रमण वर्ष २०२० लक्षित ठूलो लगानी गरे पनि कोभिडको कारण जोखिममा रहेको बताए। 

उनले राष्ट्र बैंकले ऋणको संरचना परिवर्तन गरिदिँदा केही सहज भएको बताए।  

‘अझै पुरानो अवस्थामा नफर्किएकाले सहुलियत आवश्यक रहेको छ’, गोल्छाले भने, ‘यो वर्ष मासिक ५० हजार पर्यटक नेपाल आउन थालेकाले अब सुधार हुने विश्वास व्यक्त गरेका छौँ।’
 
गोल्छाले पर्यटनलाई समृद्धिको आधार बनाउँदा झोले पर्यटक मात्रै नभई बढी खर्च गर्ने पर्यटक भित्र्याउनुपर्ने बताए। 

गोल्छाले ५–६ प्रतिशत मात्रै योगदान रहेकोमा पर्यटनले नेपालको २० देखि २५ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्न सकिने बताए। 

‘निजी क्षेत्र पर्यटन पूर्वाधारमा लगानी गर्न तयार छ। तर सरकारले आधारभूत विमानस्थल सहज बनाइदिनुप¥यो’, उनले भने, ‘त्रिभुवन विमानस्थलदेखि हरेक पर्यटन गन्तव्यमा पुग्न आवश्यक पूर्वाधार सरकारले बनाइदिनुपर्छ।’
 
विज्ञ डा. विन्दु लोहनीले पर्यटन क्षेत्रको विकास गरी कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत बढी पु¥याउन सकिने बताए। उनले ४ दशकअघि आधारभूत पूर्वाधारजस्ता थिए, अहिले पनि उस्तै रहेको बताए। 

‘सबैभन्दा धेरै पर्यटक चितवन जान थालेका छन्। तर त्यहाँको विमानस्थल ४ दशकअघि र अहिले उस्तै छ’, लोहनीले भने, ‘नेपालमा यस्तो पर्यटक गन्तव्य छ पोष्टरमा देखाएर मात्रै हुँदैन। त्योसँगै पूर्वाधार र सुविधा आवश्यक छ।’

लोहनीले अहिलेको समयमा नेपाली आउने पर्यटकलाई कोभिडलगायत कुनै समस्या आए उपचार गर्नसक्ने ग्यारेन्टी गरिएको छ। 
 
 ‘विदेशबाट मेरा साथी धेरै लुम्बिनी घुम्न आए तर उनीहरुले त्यहाँ कुनै पैसा खर्च गर्ने ठाउँ नै नभएको बताए’, उनले भने, ‘लुम्बिनी हाम्रो ठूलो पर्यटकीय गन्तव्य हो। प्रचारप्रसार पनि गरिरहेका छौँ। तर यहाँ आएर कहाँ खर्च गर्ने ठाउँ नै देखाउन सकेनौँ।’ 

उनले रारा तालको उदाहरण दिँदै राम्रो ठाउँ भए पनि त्यहाँ हेलिकप्टर लगेर फोटो खिच्नेबाहेक अरु कुनै सुविधा दिन नसकेको बताए। 

नेपालमा विदेशी पर्यटक ल्याउन रिटायरमेन्ट भिसाको व्यवस्था गर्नुपर्ने बताए। उनले  १ लाख रूपैयाँ धितो राखेर सहज रूपमा आउन दिए पर्यटन उत्थानमा सहयोग पुग्ने बताए। 

पर्यटन सचिव महेश न्यौपानेले तत्कालको लागि आन्तरिक र छिमेकी पर्यटकलाई नै आकर्षण गर्नुपर्ने बताए। 

‘हामीले जस्तो दुःख पाएका छौँ, पर्यटकलाई पनि त्यस्तै दुःख पाउनुपर्छ भन्ने सोच छ’, न्यौपानेले भने, ‘हामीले घरको काँटीमा कोट झुन्ड्यायौँ भनेर पर्यटकलाई पनि काँटी नै राखिदिने?’

उनले पर्यटकको लागि आधारभूत पूर्वाधार बनाउनैपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .