उनले अन्य देशले पनि ट्विटरमा प्रतिबन्ध लगाउनुपर्ने आह्वान गरेका छन्।
ट्रम्पले भनेका छन्,‘अन्य देशले पनि ट्विटर र फेसबुक बन्द गर्नुपर्दछ।’
ट्रम्प ट्विटर र फेसबुकलाई इंगित गर्दै प्रश्न पनि गर्छन्,‘राम्रो र नराम्रो छुट्याउने उनीहरु को हुन्, उनीहरु आफैं नराम्रा हुन्।’
हालै ट्विटरले नाइजेरियाका राष्ट्रपति मुहाम्मदु बुहारीको ट्विटलाई डिलेट गरिदिएको थियो। उनको अभिव्यक्ति भड्काउ किसिमको भएको ट्विटरको भनाइ छ।
बुहारीले वास्तवमा देशका अलगाववादीहरूलाई दण्ड दिने ट्विटरमा चेतावनी दिएका थिए।
राष्ट्रपतिको ट्विट नै डिलेट गरेपछि त्यहाँको सरकारले ट्विटरलाई नाइजेरियामा प्रतिबन्ध लगाएको हो।
वास्तवमा ट्रम्पलाई फेसबुक र ट्विटरले नै प्रतिबन्ध लगाएको छ। जसका कारण उनले अझै दुई वर्ष फेसबुक खोल्न पाउँदैनन् भने उनले ट्विटर आजीवन खोल्न पाउँदैनन्।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित ट्रम्पले हार अस्वीकार गरेपछि उनका समर्थकले संसद भवनमा तोडफोड गरेका थिए।
चुनावमा धाँधली भएको भनाइलाई जोड दिएपछि उनका समर्थकले ट्रम्प नै राष्ट्रपति बन्नुपर्छ भन्दै हिंसा मच्चाएका थिए।
ट्रम्पकै कारण अमेरिकामा हिंसा भड्किएको भन्दै ट्विटर तथा फेसबुकले उनीमाथि प्रतिबन्ध लगाएको हो। टेकक्रन्च
प्रतिक्रिया