ad ad

प्रविधि


सामसङ ग्यालेक्सी एम १२ अमेजनमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो

सामसङ ग्यालेक्सी एम १२ अमेजनमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो

नेपालखबर
चैत ७, २०७७ शनिबार ११:५२,

भारतमा १८ मार्चदेखि बजारमा लन्च भएको यस फोन अनलाइन सपिङ वेबसाइट अमेजन इन्डियामा सर्वाधिक बिक्री भएको फोन बनेको छ।

अमेजन इन्डियाले आफ्नो सबैभन्दा बढी बिक्री भएको विद्युतीय सामग्रीको शीर्ष स्थानमा सामसङ ग्यालेक्सी एम १२ राखेको हो।

मूल्य र फिचर्स

११ हजार भारुभन्दा कम अथवा बढी मूल्यमा किन्न सकिने यस फोनमा ६ हजार एमएएचको ब्याट्री छ।

चार जीबी र्‍याम र ६४ जीबी इन्टरनल मेमोरी भएको यस मोडलको फोनलाई १० हजार ९९९ भारु पर्छ भने ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल मेमोरी भएको यस फोनलाई १३ हजार ४९९ भारुमा खरिद गर्न सकिन्छ।

कम्पनीका अनुसार फोर जी नेटवर्कमा यो फोन एकपटक चार्ज गर्दा ५८ घण्टासम्म टिक्छ।

६.५ इन्चको इनफिनिटी–भी डिस्प्ले भएको यस फोनको रिफ्रेस रेट ९० एचजेट छ। यसको एचडी प्लस रिजोलुसन ७२० गुणा १६०० छ।

एन्ड्रोइड ११ अपरेटिङ प्रणाली भएको यस फोनमा ४८ मेगापिक्सेल रियर क्यामेरा छ। सेल्फीको लागि ८ मेगापिक्सेल क्यामेरा छ।

यस फोनमा एक्जीनोस ८५० प्रोसेसर छ। लाइभ हिन्दुस्तान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .