सामसङ ग्यालेक्सी ए७२ सँगै सामसङको ग्यालेक्सी ए५२ पनि सार्वजनिक हुने बताइएको छ।
ए७२ को एउटा स्मार्टफोन ३४ हजार ९९९ भारु पर्छ। यसमा ८ जीबी र्यामसहित १२८ जीबी इन्टरनल स्टोरेज हुनेछ।
त्यस्तै अर्को यही मोडलको फोन ३७ हजार ९९९ भारुमा आउनेछ। त्यसको र्याम ८ जीबी नै हुँदा इन्टरनल स्टोरेज भने २५६ जीबीको हुनेछ।
यो फोनको डिस्प्ले ६.७ इन्चको हुनेछ। यसमा एफएचडी प्लस गुणस्तरको डिस्प्ले हुनेछ।
चाँडै चार्ज हुने सुविधा भएको यस फोनमा ५ हजार एमएएचको ब्याट्री हुनेछ। ग्याजेट्सनाउ डटकम
3
Shares
प्रतिक्रिया