ad ad

प्रविधि


नोकियाले अप्रिलमा ल्याउँदै १०८ मेगापिक्सेल भएको स्मार्टफोन

नोकियाले अप्रिलमा ल्याउँदै १०८ मेगापिक्सेल भएको स्मार्टफोन

नेपालखबर
चैत ३, २०७७ मंगलबार ११:१७,

टेकराडार वेबसाइटका अनुसार अप्रिल ८ मा नोकिया ब्रान्डको प्रमुख कम्पनी एचएमडीले १०८ मेगापिक्सेल भएको स्मार्टफोन सार्वजनिक गर्ने योजना बनाएको छ।

हालसम्म प्राप्त जानकारी अनुसार उक्त फोनमा क्वालकम स्न्यापड्रागन ७७५ प्रोसेसर रहने छ।

उक्त फोनको मोडेलको बारेमा केही पनि जानकारी दिइएको छैन। यद्यपी सो स्मार्टफोन नोकिया टेन हुने अनुमान गरिएको छ।

खबरका अनुसार फोनको पछाडि भागमा पाँचओटा क्यामेरा रहने छन्। त्यसमध्ये मुख्य क्यामेरा १०८ मेगापिक्सेलको रहने अनुमान छ।

हरेक सेकेन्ड फोरके ६० फ्रेम भिडिओ रेकर्डिङ सपोर्ट गर्ने उक्त फोनले फाइभजी इन्टरनेट सपोर्ट गर्दछ। त्यसका साथै यसमा वाईफाई सिक्स ई नेटवर्क सपोर्ट समेत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .