ad ad

प्रविधि


ट्विटरका संस्थापक डोर्सीको पहिलो ट्विट लिलामीमा

ट्विटरका संस्थापक डोर्सीको पहिलो ट्विट लिलामीमा

नेपालखबर
फागुन २३, २०७७ आइतबार १२:३,

उनको त्यो पहिलो ट्विटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो।

डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्विटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिने छ।

सन् २००६ मार्च २१ मा डोर्सीले “जस्ट सेटिङ अप माई ट्वीटर” अर्थात् “भर्खरै मैले ट्वीटर खाता खोलें,” भनेर घोषणा गरेका थिए।

गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार “भ्यालुएबल्स एट सेन्ट” मा एउटा लिंक राखेका थिए। यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्विटहरु किनबेच गर्न पाउँछन्।

शनिबार डोर्सीका ट्विट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो। ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्विट खरिद गर्न इच्छा देखाएका थिए।

तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्विट २५ लाख डलरमा खरिद गर्ने घोषणा गरेका छन्।

डोर्सीको उक्त ट्विट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन्।

आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई “नन–फंगिबल टोकेन एनएफटी” मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ।

गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण ‘टप सट’को भिडियोले २ लाख ८ हजार डलर कमाउन सफल भएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .