ad ad

प्रविधि


टिकटकले अनुहार चिन्ने प्रविधि दुरुपयोग गर्‍यो, ९ करोड २० लाख डलर जरिवाना

टिकटकले अनुहार चिन्ने प्रविधि दुरुपयोग गर्‍यो, ९ करोड २० लाख डलर जरिवाना

नेपालखबर
फागुन १७, २०७७ सोमबार ८:४७,

बीबीसीका अनुसार अमेरिकामा टिकटकले सफ्टवेयरबाट प्रयोगकर्ताको अनुहार स्क्यान गरेर उनीहरुकाे उमेर, लिंग र जाति पत्ता लगाएको आरोप लागेको छ।

एल्गाेरिदमकाे लागि यसाे गरिएकाे बताइएकाे छ। एल्गोरिदमबाट मानिसको रुचीअनुसारको सामग्री मोबाइलमा देखाउन सकिन्छ।

साथै प्रयोगकर्ताको डेटाहरु चीन पठाइएको पनि आरोप लगाइएको छ। टिकटकले भने यी आरोपहरुको खण्डन गरेको छ।

आफूमाथि लगाएका आरोपहरु झुठो भएको बताउँदै टिकटकले आगामी दिनमा कमजोरीहरु सुधार गर्ने बताएको छ।

टिकटकले हाल पुग्न गएको असुविधाप्रति जरिवाना तिर्न राजी भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .