ad ad

प्रविधि


ट्विटरले यसवर्ष ल्याउँदै सुपर फलो र अडियो डिस्कसन सर्भिस फिचर्स

ट्विटरले यसवर्ष ल्याउँदै सुपर फलो र अडियो डिस्कसन सर्भिस फिचर्स

नेपालखबर
फागुन १६, २०७७ आइतबार ६:५७,

बीबीसीका अनुसार ट्विटरले ल्याउन लागेका फिचर्समध्ये ‘सुपर फलो र अडियो डिस्कसन सर्भिस’ पनि हुन्।

राम्रा फिचर्स प्रदान गर्न नसकेको गुनासो आइरहँदा ट्विटरले आफ्नो प्लेटफर्मलाई थप विश्वसनीय र नयाँ बनाउन आकर्षक फिचर्स ल्याउन लागेको हो।

ट्विटरको सुपर फलो फिचर्सले ट्विटर प्रयोगकर्तालाई लाभ मिल्ने बताइएको छ। यो फिचर्सअनुसार ट्विटर प्रयोगकर्ताले आफ्नो राम्रो तथा रोचक ट्विटको लागि फलोवरलाई पैसा तिराउन सक्छन्।

यो नियमति ट्विटभन्दा फरक हुनेछ। महत्वपर्ण ट्विट तथा भिडिओ हेर्नका लागि प्रयोगकर्ताले पैसा तिर्नुपर्ने हुन्छ।

पहिल्यैबाट ट्विटरका सेयर होल्डरले ट्विटर सब्सक्रिप्सन मोडेलमा जानुपर्ने बताउँदै आएका थिए। सुपर फलो फिचरले लोकप्रिय ट्विटर प्रयोगकर्तालाई लाभ मिल्नेछ।

यस फिचर आएपछि ट्विटर प्रयोगकर्ताले आफ्नो सामग्रीमा थप मिहिनेत गर्नेछन् जसका कारण ट्विटर थप विश्वसनीय हुने अनुमान गरिएको छ।

यस्तै ट्विटरले यतिबेला अडियो डिस्कसन सर्भिस फिचर्स परीक्षण गरिरहेको बताएको छ।

यस फिचर्सले मानिसहरुलाई अडियोमार्फत् छलफल गर्न सक्ने सुविधा दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .