पब्जीले ‘पब्जीः न्यु स्टेट’ नामको गेम यसैवर्ष लन्च गर्ने भएको हो।
न्यु स्टेट गेमले सन् २०५१ अर्थात् भविष्यको समयको कथा बोकेको गेमिङ सम्बन्धी वेबसाइट डेक्सेर्टो डटकमले जनाएको छ।
यस गेममा नयाँ प्रकारका गाडी, हतियार र म्याप्स दिइनेछ। पब्जीले यस नयाँ गेमको ट्रेलर पनि सार्वजनिक गरेको छ।
दक्षिण कोरियाली कम्पनी क्राफ्टन इन्कले यसलाई निर्माण गरेको बताइएको छ।
हाल यो गेम डाउनलोड गर्नका लागि एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताले प्ले स्टोर तथा एप स्टोरमा गएर आफ्नो नाम रजिस्टर गराउन सक्छन्।
ट्रेलर हेर्दा यो हालको पब्जीजस्तै फिचर प्रदान गरिएको गेम भएको अनुमान गराउन सकिन्छ। तर यसमा म्याप, हतियार, गाडी र अन्य सुविधा नयाँ हुनेछन्।
(भिडियाे)
प्रतिक्रिया