यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ।
यसअघि गुगल तथा फेसबुक दुवैले अस्ट्रेलियाको यस कानुन प्रस्ताव भएपछि विरोध जनाएका थिए।
फेसबुकले त केहीदिन अस्ट्रेलियामा समाचार सेयर गर्ने सुविधा नै हटाइदिएको थियो। तर त्यहाँको सरकारसँगको वार्तापछि त्यो सुविधा फेरि सुचारु गरिएको छ।
उक्त वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।
बीबीसीका अनुसार फेसबुक र गुगल समाचार संस्थाको समाचार प्रयोग गर्न सहमत भएका छन्। यसका लागि उनीहरुले अस्ट्रेलियाको समाचार संस्थालाई पैसा तिर्नुपर्छ।
अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूका पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ।
यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीबार संशोधन सहित पारित गरेको हो। सिनेटले सो कानुन पारित गरिसकेको थियो।
प्रतिक्रिया